काठमाडौं उपत्यकामा ५१२ सहित थप ११७० जना कोरोना पुष्टि

काठमाडौं– काठमाडौं उपत्यकामा ५ सय १२ सहित थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय १२ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना रहेका छन् । नेपालमा हाल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ। जसमध्ये हाल १५ हजार ३ सय ९३ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा ८ सय ७९ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ४९ हजार ५ सय ७६ पुगेको छ । हाल नेपालमा १ सय ७९ जना आइसियु र २९ जना भेन्टिलेटरमा उपचाररत छन् ।