कोरोना बीमामा नयाँ मापदण्ड, संक्रमण पुष्टि भए २५ हजार

काठमाडौं –  बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ र, नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ २५ हजार मात्र दिने भएको छ ।

आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ हजारसम्म दिइनेछ ।

संस्थानका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन । उनीहरुले संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउनेछन् ।