
सुर्खेत – बाल क्लब तथा किशोरी समूहरसञ्जालका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई स्थानीय बाल संरक्षण प्रणालीसँग प्रभावकारी रूपमा जोड्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
२७ श्रावण २०८३ मा SOSEC Nepal द्वारा सञ्चालित Girls Matter Project, UNICEF Nepal को साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ३२ जना सहभागी, १४ वटा वडा तहका बाल क्लब तथा किशोरी सञ्जालका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रममा बाल अधिकार, बाल संरक्षण प्रणाली, बाल क्लब तथा किशोरी समूहको गठन तथा परिचालन, दर्ता तथा नवीकरण, समावेशी तथा अर्थपूर्ण बाल सहभागिता, स्थानीय तहसँगको समन्वय तथा रेफरल र मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) सम्बन्धी विषयमा सहजीकरण तथा छलफल गरिएको थियो। कार्यक्रमको सहजीकरण सरला रेग्मी, बाल कल्याण अधिकारी, वीरेन्द्रनगर नगरपालिका, माधुरी न्यौपाने, अधिकृत छैटौँ तथा बालमैत्री सम्पर्क व्यक्ति, तथा लक्ष्मी शाही, मनोसामाजिक परामर्शदाता, SOSEC Nepal ले गर्नुभएको थियो।
कार्यक्रममा बाल क्लब तथा किशोरी समूहरसञ्जाललाई केवल अतिरिक्त क्रियाकलापमा सीमित नभई बालबालिकाका आवाज, आवश्यकता तथा सरोकार स्थानीय तहसम्म पुर्याउने, नेतृत्व विकास गर्ने, बाल अधिकार प्रवर्द्धन गर्ने तथा बाल संरक्षणमा योगदान गर्ने सक्रिय सहभागितामूलक संरचनाका रूपमा विकास गर्नुपर्नेमा जोड दिइयो। साथै, नियमित दर्ता तथा नवीकरणमार्फत क्लब तथा सञ्जालको संस्थागत पहिचान सुदृढ गर्दै स्थानीय बाल संरक्षण प्रणालीसँग औपचारिक रूपमा आबद्ध गराउने विषयलाई प्राथमिकता दिइयो।
बाल क्लब गठन तथा परिचालनमा बालक–बालिकाको समान तथा समावेशी सहभागिता, दलित, जनजाति, अपाङ्गता भएका बालबालिका लगायत विविध समूहको प्रतिनिधित्व, बालबालिकाका सवाल पहिचान, सचेतना, समन्वय तथा आवश्यक सेवामा रेफरलका विषयमा पनि जानकारी प्रदान गरिएको थियो। MHPSS सत्रमा तनाव व्यवस्थापन, आफ्ना भावना तथा समस्या सुरक्षित रूपमा व्यक्त गर्ने वातावरण र आवश्यक अवस्थामा सेवा प्रदायकसँग समन्वय तथा रेफरलको महत्वमा जोड दिइयो।
सहभागीहरूको प्रतिक्रिया
लक्ष्मी रोकाय, पालिकास्तरीय बाल सञ्जाल, ले भन्नुभयो, “कार्यक्रमबाट बाल क्लब तथा बाल सञ्जालको अवधारणा, भूमिका र जिम्मेवारीबारे थप स्पष्ट बुझ्ने अवसर मिल्यो। बाल अधिकार तथा संरक्षणका विषयमा काम गर्न यसले थप आत्मविश्वास दिएको छ।”
विधान थापा, वडा नं. १० बाल क्लबका उपसचिव, ले भन्नुभयो, “बाल क्लब सञ्चालन, सदस्यहरूको भूमिका र स्थानीय बाल संरक्षण संयन्त्रसँग समन्वय गर्ने विषयमा नयाँ जानकारी पाएँ। सिकेका विषयलाई आफ्नो क्लबका गतिविधिमा प्रयोग गर्न सकिन्छ।”
स्थानीय तहको प्रतिबद्धता
समापनका क्रममा सरला रेग्मी, बाल कल्याण अधिकारी, ले भन्नुभयो, “नगरपालिका बालबालिकाको विकासका लागि आउने नयाँ विचार, प्रयास र सुझावलाई सधैँ स्वागत गर्न तयार छ। सबै बालबालिकाले आफ्ना विचार, आवश्यकता र सरोकार खुलेर राख्नुपर्छ। बालबालिकाको हितका लागि गरिने सकारात्मक प्रयासमा नगरपालिकाले आवश्यक सहयोग र समर्थन गर्नेछ।”
माधुरी न्यौपानेले बालबालिकाको समग्र समृद्धिका लागि स्थानीय तह, बाल क्लब, विद्यालय, समुदाय तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउँदै भन्नुभयो, “आगामी दिनमा आवश्यक योजना तथा संयुक्त पहल अघि बढाइनेछ। साथै, बाल क्लब तथा किशोरी समूहरसञ्जाललाई स्थानीय बाल संरक्षण प्रणालीमा दर्ता तथा आबद्ध गराउने प्रक्रियालाई पनि अघि बढाइनेछ।”
कार्यक्रमको समापनमा सुलोचना सुवाल, कार्यक्रम संयोजक, SOSEC Nepal ले नगरपालिका, सम्बन्धित शाखा, प्रस्तुतकर्ता, बाल क्लब तथा किशोरी समूहरसञ्जालका प्रतिनिधि र सम्पूर्ण सहभागीप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “बाल क्लब, किशोरी क्लब तथा बाल सञ्जालको दर्ता तथा नवीकरण प्रक्रिया समयमै अघि बढाउन नगरपालिका तथा सम्बन्धित सरोकारवालासँग नजिकको समन्वय र सहकार्य आवश्यक छ। यी संरचनालाई स्थानीय बाल संरक्षण प्रणालीमा शीघ्र आबद्ध गर्न prompt action आवश्यक छ।”
समग्रमा, कार्यक्रमले बाल क्लब तथा किशोरी समूहरसञ्जालका प्रतिनिधिहरूको बाल अधिकार, बाल संरक्षण, दर्ता तथा नवीकरण, समावेशी तथा अर्थपूर्ण बाल सहभागिता र ःज्एक्क् सम्बन्धी ज्ञान तथा बुझाइ अभिवृद्धि गर्नुका साथै उनीहरूलाई स्थानीय बाल संरक्षण प्रणालीका सक्रिय साझेदारका रूपमा सुदृढ गर्ने आधार तयार गरेको छ। आगामी चरणमा दर्ता, नवीकरण तथा स्थानीय बाल संरक्षण प्रणालीमा आबद्धताको प्रक्रिया शीघ्र अघि बढाउँदै बालबालिकाको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई थप संस्थागत गर्ने अपेक्षा गरिएको छ।