सुर्खेत– कर्णाली प्रदेश आयुर्वेद औषधालय सुर्खेतको स्तरोन्नतीमा समस्या भएको छ। प्रदेश सरकारले सहयोग नगर्दा औषधालयको समृद्धि र विकासमा समस्या भएको हो। प्रदेश सरकारको असहयोगका कारण आयुर्वेद औषधालयले गती लिन नसकेको औषधालयका अध्यक्ष विनोद ढकाल बताउँछन् ।
‘औषधालयमा जनशक्ति, उपकरण लगायत भौतिक संरचना निर्माण तथा व्यवस्थापनको काम जारी छ,’ उनले भने, ‘प्रदेश सरकारले बजेटमा औषधालयलाई प्राथमिकता नदिएपनि हामीले आन्तरिक स्रोतबाट औषधि तथा उपकरण व्यवस्थापन गरिरहेका छौ ।’
सेवाग्राहीको माग र आवश्यकताका आधारमा आयुर्वेद औषधालयको स्तरोन्नतीका लागि प्रदेश सरकारले यतातर्फ ध्यान दिएको छैन । कोरोना महामारीकाबीच औषधालयमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि लिन आउनेको संख्यामा वृद्धि भएको छ ।
तर, प्रदेश सरकाले औषधालयको स्तरोन्नतीका लागि बजेटको व्यबस्था नगरेका कारण हाल आन्तरिक स्रोतबाट रोगसँग लड्ने क्षमता बढाउने औषधि सबैलाई उपलब्ध गराउन नसकिएको ढकाल बताउँछन् । ‘कोरोना संक्रमितलाई मात्र विशेष औषधि उपलब्ध गराइएको छ,’ अध्यक्ष ढकाललले भने, ‘संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुर्खेतकै हुँदा पनि औषधालयको विकासको पाटो पछि प¥यो ।’
प्रदेश सरकारले प्रत्येक जिल्लामा ३० लाख बराबरको बजेट बिनियोजन गर्दा प्रदेश आयुर्वेदका लागि भने बजेट शुन्य छ । मुलुककै जडिबुटीको हबका रुपमा कर्णालीलाई चिनिन्छ तर यहाँको जडिबुटीबाटै बनेका औषधि महंगो मूल्यमा खरिद गरेर ल्याउनु परिरहेको छ । त्यसैले अब सरकारले कर्णालीमा प्राप्त जडिबुटीलाई यहीँ प्रशोधन गरी उत्पादन गर्ने नीति ल्याउनुपर्ने ढकालको माग छ ।
ढकालले अध्यक्षको जिम्मेवारी सम्हालेपछि….
‘मैले २०७६ बैशाख १२ गतेदेखि जिम्मेबारी समालेको हुँ । त्यतिबेला औषधालयको अबस्था निकै जिर्ण थियो । कर्मचारीलाई कोठाको अभाव थियो । भने जनशक्तिको समेत अभाव थियो । तत्काल सात जना मात्र कर्मचारी थिए । म आएपछि मेरो समिति मार्फत १७ जना कर्मचारी पु¥याएका छौ । जसमध्य अधिकृत स्तरको दुईजना चिकित्सकहरु हुनुहुन्छ’ उनले भने, ‘अहिले ११ जना करार सेवामा र ८ जना कर्मचारी दरबन्दीमा कार्यरत छन् । भौतिक अवस्था हेर्दा मेरो अध्यक्षतामा समिति गठनपछि करिव १० वटा कोठा थप गरेका छौ ।’
उनले जिम्मेवारी सम्हाल्नु पहिले औषधालयमा एउटा मात्र मोटरसाइकलले काम चलाउनुपर्ने बाध्यता थियो । तर हाल पाँच वटा मोटर साइकल थप भएका छन् । भर्खरै मात्र एउटा गाडी पनि मन्त्रालयले हस्तान्तरण गरेको छ । ‘आफै औषधि उत्पादन गरेर अरु जिल्लामा पठाउने व्यबस्था थिएन । हामिले आफै नौ प्रकारका औषधि उत्पादन गरेर प्रदेश मातहतका दश वटै जिल्लाका आयुर्वेद केन्द्रहरुमा पठाउने गरेका छौ’ अध्यक्ष ढकालले थपे, ‘पहिले सेवाग्राही निकै कम आउथे हामिले औषधालय आउने बाटोमा होडिङवोड राखेपछि सेवाग्राही बढेका छन् ।’
उनका अनुसार ल्याव टेष्टका लागि बाहिर गएर बिरामीले महंगो शुल्क तिर्न पर्ने बाध्यता थियो । अहिले भिडियो एक्सरे र डिजिटल ल्याबको समेत व्यबस्था गरिएको छ । त्यस्तै औपधालय जाने बाटो मर्मत गरी पिज हुने प्रत्रियामा छ । तर प्रदेश सरकाले बजेट बिनियोजन नगर्दा थप सेवा दिन र बिरामीलाइै अझै सन्तुष्ट पार्न नसकिएको उनको भनाइ छ ।
औषधालयमा एक जना प्रसासनको कर्मचारी नहुदाँ समस्या परेको उनले बताए । कर्मचारी, औषधि उत्पादन गृह र १५ शैयाको अस्पताल बनाउनका लागि टेन्डर प्रक्रियामा रहेको उनले जानकारी दिए । उनका अनुसार ३८ जनाको दरवन्धी माग गरिएको छ ।