इंग्लिस प्रिमियर लिगमा चेल्सी र टोटेनहमले बराबरी खेलेका छन्।
आइतबार चेल्सीको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकियो।
यता आर्सनल भने पराजित भएको छ। आर्सनललाई वुल्भ्सले २-१ गोलले पराजित गरेको हो।
बराबरीपछि पनि टोटेनहम भने अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। टोटेनहमले १० खेलबाट २१ अंक जोडेको छ।
दोस्रो स्थानमा झरेको लिभरपुलको पनि समान खेलबाट समान २१ अंक नै छ।
चेल्सी भने १० खेलबाट १९ अंक जोडेर तेस्रो स्थानमा छ।
एक खेल कम खेलेको चौथो स्थानको लेस्टरको १८ अंक छ।