नेकपा विवादपछि नेताहरु शीतलनिवास ओहोरदोहोर, प्रधानमन्त्री फेरि शीतलनिवासमा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली फेरि शीतल निवास पुगेका छन् ।

ओली विहान साढे १० बजे शीतलनिवास पुुगेको उच्च सुरक्षा स्रोतले जनाएको छ । हिजो राति पनि प्रधानमन्त्री ओली शीतलनिनवास पुगेर राष्ट्पतिसँग भेटवार्ता गरेका थिए ।

पार्टीमा बढेको विवादपछि नेताहरु शीतलनिवास ओहोरदोहोर बढेको छ ।

हिजै पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल पनि शीतलनिवास पुगेर २ घण्टा राष्ट्पति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । नेकपा विवादमा राष्ट्पतिदेखि चिनियाँ राजदुतको समेत सक्रियता बढेको छ ।