यम बरालको ‘जवानी ताजा ताजा छ’ बोलको गीत सार्वजनिक ( भिडियाे सहित )

काठमाडौं – गायक यम बरालको स्वर रहेको ‘जवानी ताजा ताजा छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा बरालाई युगल गायनमा गायिका उर्मिला लाम्गादेले साथ दिएकी छन् ।
आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीतमा संगीत संयोजन मोहित मुनालको रहेको छ ।

गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ । रविन्द्र न्यौपानेको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र सुदीप बरालको निर्देशन रहेको छ ।

( भिडियाे सहित )