चुनाव निष्पक्ष भएको बताएका अधिकारीलाई ट्रम्पले हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना भएको राष्ट्रपतीय निर्वाचन निष्पक्ष र अहिलेसम्मकै सुरक्षित रहेको बताएका चुनावी अधिकारीलाई बर्खास्त गरिदिएका छन्। प्रतिष्पर्धी जो बाइडनसँग चुनाव हारेका ट्रम्पले अझै मतपरिणाम स्वीकार गरेका छैनन्।

मतदानबारे निकै गलत टिप्पणी गरेको आरोप लगाई साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी (सीसा) का प्रमुख क्रिस क्रेब्सलाई ट्रम्पले हटाइदिएका हुन्। ट्रम्पले चुनावमा धाँधली भएको बताउँदा क्रेब्सले ट्रम्पमाथि नै सवाल उठाएका थिए।

नोभेम्बर ३ तारिखमा मएको चुनावमा जो बाइडेन राष्ट्रपति निर्वाचित भइसकेका छन्। चुनावी अधिकारी र पर्यवेक्षकहरूले यो पटकको चुनाव सबैभन्दा सुरक्षित रहेको बताइरहेका छन्।