लोप हुदै लिङगे पिङ

रेशम बहादुर खड्का

जरकोट- केही वर्ष अघि सम्म दशैँ सुरु हुन साथ जाजरकोटका गाउँघरमा युवाहरु पिङ हाल्न व्यस्त हुन्थे । गाउँभरीका युवा युवती भेला भएर जंगलमा गई बाँबियो ल्याएर लामा लामा डोरी बाटेर सबै गाउँका युवा जम्मा हुने र रमाईलो गर्ने ठाउँमा पिङ लाग्ने गरिन्थ्यो ।

तर आजभोलि गाँउघरमा पिङहरु देखिन छोडेका छन । गाउँघरमा दसैंमा एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने मान्यता रहेको छ  । पहिले पहिले बारेकोट गाउँपालिकाको बिभिन्न ठाउँमा पिङ हालेर रमाइलो गर्ने ठाँउ आजभोली सुनसान भएकाे छ ।

 

पहिले पिङ हालेर रमाईलो हुन्थ्यो आज भोली त्यो चलन हाएकोको छ भन्छन बारेकोट गाउँपालिका ५ नायकवाडा बिर बहादुर सिंह, पर्वको समयमा मेला, उत्सव लाग्न छोडेपछि पिङ लोप हुँदै गएको हो ।

 

ग्रामीण भेगका अधिकांश युवा विदेश भएकाले गाउँमा पिङ हाल्ने जनशक्तिको समेत अभाव छ भने बाँस पनि पहिले जस्तो सहजै पाइँदैन । दशैँ तिहारलाई लक्षित गरेर लाग्ने ऐतिहासिक मेलालाई अहिले बढ्दो सहरीकरणका कारण लाग्न छाडेका छन ।

गाउँघरमा पर्व मनाउन फर्किए पनि मानिसहरू घरमै मोबाइल र टीभीमा व्यस्त हुने, साथी भाइ बीच भोज भतेर गरेर बिदा मनाउन थालेका छन  । बारेकाट २ का भीमबहादुर नेपाली पनि आजभोलि पिङहरु हराएको र युवाहरु पिङमा मच्चिने चलन हराउँदै गएकोले ‘अचेल सबै मोबाइल र इन्टरनेटमा झुम्न थाले,’ भीमबहादुर ले भने, ‘मौलिकता हराउँदै गएको चाडपर्वमा पिङ पनि लोप हुन थालेको छ ।