दशैको वेला कोरोनाको जोखिम

जरकोट- गाउँघरको खेतबारीमा रमाई रहेका किसान यति वेला कोरोना लाग्छकी भन्ने चिन्तामा छन । भारत तथा सहर बाट आउने नागरिकले कोरोना बोकेर आएका हुन्छन भन्ने भम्रले गाउँका किसान चिन्तामा परेका हुन ।

गत बर्षहरुमा दशैँको जति चहलपहल थियो यो बर्ष निकै कम भएको नलगाड नगरपालिका ६ का प्रविन विकले बताए । उनले भने, सहर बाट छोराछोरी आएका वुवाआमाको मन खुशी पनि भएको छ र चिन्ता पनि त्यतिकै लागेको छ ।’

सहरमा बसेकाहरुलाई कोरोना लागेको हुन्छ भन्ने भम्र गाउँमा जिवितै रहेको छ । दशैँ मनाउनका लागि भारत तथा अन्य मुलुकमा गएका नागरिक गाउँ फर्किएका छन। उनीहरु विना चेकजाँचका साथ गाउँमा फर्किएपछि गाउँमा कोरोनाको जोखिम बढेको बारेकोट गाउँपालिकाको लिम्सामा कार्यरक्त अ.हे.व. रामबहादुर रोकायले बताए ।

उनले भने, लकडाउन खुलेसंगै भारत तथा अन्य मुलकु र संक्रमणको उच्च जोखिममा रहेका जिल्लाका नागरिकहरु जाजरकोटका गाउँगाउँमा आएका छन । उनीहरुले चेकजाँच नगरी गाउँमा प्रवेश गरेकोले कोरोनाको उच्च जोखिममा रहेका छन ।’ कोरोनाको जोखिमको समयमा जाजरकोट जिल्लामा लाग्ने मेला महोत्सव सबै बन्द गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

गाउँमा कोरोनाको जोखिम कायम रहेकोले सामाजिक दुरी कायम गरी, यस बर्षको दशै मनाउन सबैमा आग्रह गरिन्छ ।