दशैँ कविता-१, सबैको चेहेरा मा आयो उज्यालो रंग 

बिपना पन्थ
आश्विन शुक्ल प्रतिपदा देखि कोजाग्रत पूर्णिमासम्म मनाइने उत्सव
अन्यायमाथि न्यायको , असत्यमाथि सत्यको र दानवी तंत्र माथि दैबिसत्ताको विजयको रूपमा मनाइने उत्सव।
सम्पूर्ण नेपालीको जीवनपद्धति को एउटा पाटो बनेको दसैँ
शारदीय सुरम्य वातावरण र आनन्ददायक सितल प्रकृति सधैं ।।
धनीको मात्र हैन गरीब सबैमा समभाव राखेर खुसियाली चर्चा
यस बड़ा चाडको अलौकिक हर्ष उल्लास ले सम्पूर्ण दुःख मर्छ ।
बच्चादेखि बुढाको उमंग भावनात्मक रूपमा समेटेको यो चाड
मिठो खाने,राम्रो लाउन र सामाजिक  सदभावमा आड ।।
आफ्नो क्षमता नहुँदा नहुँदै ऋणपान गरेर भएनी मनाइन्छ दसैँ
यही सोचाइका कारण कतिको उठिबास लागेको सुनिन्छ समाचार।
चाडपर्वको नाममा बलि दसैँको बेला चोरी डकैति जुवा तास को छैन कमी
यस्तो विसंगति भित्रिएका छन्  भुली सबै सदाचार ।।
सबै अत्यन्त आनन्दी सबै छन पिंग मा दंग
सबैको चेहेरा मा आयो उज्यालो रंग
भएका चाड मा ज्यादै उत्कृष्ट अनि सर्व
दसैँ शान्ति सहअस्तित्व सदभाव तथा मेलमिलाप को पर्व!!
                                              बिपना पन्थ , बुटवल