देशभरका कोभिड-१९ अस्पताल तथा प्रयोगशालाहरु दशैँ विदामा पनि खुल्ने

काठमाडौँ -देशभरका सबै कोभिड-१९ अस्पताल तथा प्रयोगशालाहरु दशैं विदामा पनि खुल्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले आवश्यकताअनुसार सबै कोभिड-१९ अस्पताल तथा प्रयोगशालाहरु दशैँ विदामा पनि संचालन हुने व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए।

कोरोना नियन्त्रण र रोकथाम सम्भव रहेको र यसको लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न प्रवक्ता डा. गौतमले अनुरोध गरेका छन् । यस्तै, उनले मन्त्रालयबाट कोरोना रोकथाम तथा नियन्त्रण र उपचार व्यवस्था सम्बन्धि गरिएका निर्णयलाई अपव्याखा गरी विभिन्न संचारमाध्यममार्फत भ्रामक समाचार प्रकाशित भएको पाइएको बताए । त्यस्ता गलत सन्देशले जनमानसमा नकारात्मक प्रभाव पर्ने हुँदा त्यस्ता कार्य गर्न न नगराउन मन्त्रालयले अनुरोध गरेको उनले जानकारी दिए । (हेल्थ आवाज)