काठमाडौं उपत्यकामा ९४३ सहित एकैदिन १९११ जनामा कोरोना संक्रमण

 काठमाडौं– काठमाडौं उपत्यकामा ९ सय ४३ सहित थप १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहिबार थप १ हजार ९ सय ११ जनामा संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ७७ हजार ८ सय १७ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमित २० हजार ८ सय ९१ जना रहेका छन्। काठमाडौं उपत्यकामा पहिलोपटक एकैदिनमा ९ सय ४३ जना संक्रमित थपिएका छन्।