सुर्खेत – सुर्खेतकी एक महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टी भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं ११ पिपिरा सुर्खेतमा डेरा गरी बस्ने ३५ वर्षीया ती महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टी भएको हो ।
उनि आफनो डेरामा गत मंगलवार मृत अवस्थामा फेला परेकी थिइन । पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल लगिएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयको स्वास्थ्य सेवा महासाखाले जनाएको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार मृतकको बुधवार स्वाब परीक्षण गरिएको र सो परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो । मृतक महिला भेरी गंगा नगरपालिका वडा नं १ की स्थायी बासिन्दा भएको बताईएको छ ।
कोरोना संक्रमण पुष्टीपछि उनको शव स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको शव व्यवस्थापन टोलीले अन्तिम संस्कार गरेको हो ।
यो संगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्युहुने संख्या ७ पुगेको छ । यसअघि दैलेखका ३, सुर्खेत २ र डोल्पाका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रदेश अस्पतालको शव गृहबाट नेपाली सेनाको शव व्यवस्थापन टोलीले उनको वीरेन्द्रनगर–२ गिरीघाटमा अन्तिम दाहसंस्कार गरेको छ ।