नयाँ शक्तिद्वारा केन्द्रिय सदस्य तथा जिल्ला संयोजक मनोनयन

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालले केन्द्रिय समिति तथा जिल्ला संयोजकहरु मनोनयन गरेको छ।

केन्द्रिय समिति सदस्यमा धनुषा बाट सुरेश प्रसाद शाह , जाजरकोट बाट सम्राट डिसि र सुर्खेत बाट कर्ण बहादुर बुढालाई मनोनीत गरिएको छ ।

त्यस्तै जिल्ला संयोजकहरुमा बराल केसी – संखुवासभा, बिष्णु ढुंगाना – बागलुङ , मिना बिसी – सुर्खेत र कोशलेन्द्र कुमार झा – धनुषा मनोनीत गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधान र नितिलाई अंगिकार गर्दै राजनैतिक तथा संगठनात्मक कार्यमा प्रतिबद्ध भएर लाग्न केन्द्रिय संयोजक रवि किरण हमालले आग्रह गरेका छन् ।