सुर्खेत – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन हुने तर सत्ता गठबन्धन नभत्किने दावी गर्नुुभएको छ । शुक्रबार कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्दै उहाँले विकास र जनभावना पुुरा गर्न समयअनुुकुुल संविधान संशोधन गरिने बताउनुुभयो ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच सरकार बनाउँदा दोस्रो बुुदाँमा संविधान संशोधन उल्लेख गरिएको स्मरण गराउँदै निर्णय कार्यान्वयनमा दुुबै दल प्रतिबद्ध उहाँ बताउनुहुुहन्छ । व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने गलत हल्ला चलाइएको उहाँको तर्क छ ।
’नेपालीको सरदर आयुु बृद्धि भएको छ । बाल मृत्युुदर अन्त्य हुनुु लगाएतका धेरै प्रगति भएका छन् । पानी ल्याउन घटौं हिड्नुुपथ्र्यो घरघरमा धारा र पानी आएको छ’ उहाँले भन्नुुभयो, ‘गाउँगाउँ सडक पुुगेर गाडी चलेका छन् । के यो विकास होइन ? विकास नै भएन भनेर भ्रम फैलाउने काम बन्द गर्नुहोस् ।’
अहिलेको सरकार दुुई तिहाइको रहेको भन्दै बाहिरी हल्लाजस्तो सरकार तत्काल नढल्ने उहाँको दावी छ । यो सरकार कुनैपनि हालतमा नढल्ने उहाँले बताउनुुभयो । देश संकटमा जान थालेपछि बाध्य भएर २ ठुुला दल मिलेर सरकार बनाउनुु परेको भन्दै २ दलको समझदारी पालना हुुने उनको दावी छ ।
‘२०८४ सम्म यो सहमति टुुट्नेवाला छैन । त्यसमा हामी प्रतिवद्ध छौं । अहिले विभिन्न तवरबाट हाम्रो संस्कार, संकृति तथा राष्ट्रिय एकतामाथि धावा बोल्ने प्रयास भइरहेको छ । नागरिकहरु सचेत हुनुहोस्’ उहाँले भन्नुुभयो, ‘विकास र सुुशासनको मार्गमा सरकार अघि बढेको छ । कुनै स्टन्टबाजी गर्न सरकार बनेको छैन । काम गर्न सरकार बनेको हो । काम गरेर देखाउँछौ । सबैले आ आफ्नो ठाउँबाट सरकारलाई सहयोग गर्नुहोस् ।’
साथै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धि छानविन आयोग पनि छिट्टै गठन गर्ने प्रधानमन्त्रीले उद्घोष गर्नुुभयो । देश विकासका लागि ३ वटै तहका सरकार मिलेर जानुुपर्नेमा प्रधानमन्त्रीको जोड छ । कर्णाली प्रदेश आफ्नो हिसाबले विकासको अत्यन्तै सुन्दर संभावन भएको प्रदेश रहेको उहाँ बताउनुहुुन्छ । कर्णालीमा कृषि, फलफुुल, पशुुपालन, औषधि जडिबुुटीको प्रसस्त संभावन रहेको भन्दै यहाँ उर्जा उत्पादनका लागि सरकारले लगानी बढाउने बताउनुुभयो ।
कर्णाली प्रदेश सभामा प्रधानमन्त्रीले देशको समसामायिक बिषयवस्तुु, पछिल्लो राजनैतिक घटनाक्रम र अबको विकल्पबारे आफ्नो धारणा राख्दै १ घण्टाबढि सम्बोधन गर्नुुभएको थियो । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गत आइतबार काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर प्रदेश सभामा सम्बोधनका लागि निम्तोपत्र हस्तान्तरण गर्नुुभएको थियो ।
प्रधानमन्त्रीले मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागि हुनुुका साथै वीरेन्द्रनगर स्थित प्रादेशिक रंगशालाको अनुगमन गर्नुुभयो । यसअघि लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गर्नुुभएका उहाँले आगामी फागुन २७ गते कोशी प्रदेशसभालाई सम्बोधन गर्ने कार्यसूुचि छ ।