अपांगता, कुुष्ठरोग सम्बन्धि अभिमुखिकरण र छनोट शिविर सम्पन्न

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका १६ नम्बर वडा कार्यालयको आयोजना अपांगता, कुुष्ठरोग सम्बन्धि अभिमुखिकरण तथा छनोट शिविर सम्पन्न भएको छ ।

वडाध्यक्ष डण्डबहादुर विश्वकर्माका अनुसार सामुुदायिक महिला स्वास्थ्य स्वयंमसेविकाहरुका लागि अपांगता, कुुष्ठरोग सम्बन्धि अभिमुखिकरण तथा छनोट शिविर संचालन गरिएको थियो । शिवरमा सहभागी महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई अपांगता, कुुष्ठरोग सम्बन्धि अभिमुखिकरण गर्नुका साथै अपांगता, कुुष्ठरोग छनोटबारे जानकारी दिइएको थियो ।

अभिमुखिकरणमा वडामा रहेका सबै महिला स्वास्थ्य स्वयंमसेविकाहरुको सक्रिय सहभागिता रहेको वडाध्यक्ष विश्वकर्माले बताए । उनका अनुसार वडा कार्यालयको आयोजना र सानीलेख स्वास्थ्य चौकिको समन्वय तथा आइएनएफ सुुर्खेतको सहयोगमा अभिमुखिकरण तथा छनोट शिविर सम्पन्न भएको हो ।