वीरेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्दै छन् । प्रदेश सभा सचिवालयका अनुसार दिउसो २ बजे बस्ने सभामा प्रधानमन्त्री विशेष सम्बोधन गर्ने कार्यसूूचि छ ।
सभामा प्रधानमन्त्रीले देशको समसामायिक बिषयवस्तुु, पछिल्लो राजनैतिक घटनाक्रम र अबको विकल्पबारे सम्बोधन मार्फत आफ्नो धारणा राख्नेछन् । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आइतबार ओलीलाई सम्बोधनसम्बन्धी पत्र हस्तान्तरण गरिसकेका छन् । काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर प्रदेश सभामा सम्बोधनकालागि निम्तोपत्र हस्तान्तरण गरेका थिए । यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा पनि विशेष सम्बोधन गरेका थिए ।
यस्तै सुर्खेतमा आजै हुने मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा पनि प्रधानमन्त्री ओली सहभागि हुनेछन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीको हातबाट ८८५ जना विद्यार्थी दीक्षित हुदैछन् । भने स्नातकोत्तर तहमा सर्वोत्कृष्ट ३ जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट ३ जनालाई उपकुलपति पदक प्रदान गरिनेछ ।