ट्रमामा बस्न नमानेपछि डा. केसीलाई शिक्षण अस्पताल लगियो

काठमाडौँ – डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट त्रिवि. शिक्षण अस्पताल पुगेका छन्। डा. केसीले जवर्जस्ती ट्रमा सेन्टर लगेको भन्दै उपचार गर्न नमानेपछि मंगलबार साँझ उनी शिक्षण अस्पताल पुगेका हुन्।

हाल आकस्मिक कक्षमा भर्ना भएका उनलाई आइसियुमा सिफ्ट गर्ने चिकित्सकको तयारी रहेको बताइको छ। जुम्लामा अनशनरत रहेका उनी नेपालगन्जबाट प्लेनमार्फत मंगलबार काठमाडौँ आइपुगेका हुन् ।

डा. केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेलगतै प्रहरीले कोरोनाको कारण देखाउँदै उपचारका लागि ट्रमा सेन्टर पु¥याएको थियो ।