प्रदेश अस्पतालबाट सेवा लिन अब अनलाइनबाटै नाम दर्ता गर्नमिल्ने

 

 

सुर्खेत – कर्णाली प्रदेश अस्पतालले आप्ना सेवाहरुलाई एकपछि अर्को गर्दै सुधार गर्दै लगेको छ । पछिल्लो पटक अस्पतालले सेवाग्राहीको चाप बढेपछि नाम दर्ता अनलाइनबाटै शुरु गरेको हो ।

बिहीबार अर्थात पुस ५ गतेबाट लागू गरिएको सेवाअनुसार कुनै पनि विरामीहरु वा सेवाग्राहीले नाम दर्ताका लागि ९ बजे नै अस्पताल पुग्नुपर्ने छैन् । त्यसका लागि अस्पतालको वेबसाईट जानुपर्छ । तर तपाइँ पनि अनलाइनमार्फत नाम दर्ता गर्न चाहानुहुन्छ भने यहाँ https://patient.skh.dolphin.com.np/ क्लीक गर्नुहोस् । त्यसपछि कुन सर्भिस लिने हो त्यो छनोट गर्नुपर्ने हुन्छ ।

सेवाग्राहीले चेकजाँच गर्न चाहेको डाक्टर, मिति र विहान ७, ८ र ९ बजेको समय तालिका देखाउँछ । यीमध्य समयमा क्लिक गरेपछि प्रोसेस टू बुक भन्नेमा क्लीक गर्नुपर्दछ । यो प्रक्रिया पूरा भएपछि लगइन र बुक अप्वाइमेन्ट देखाउँछ ।

यहाँ पुक्दा बुक अप्वाइमेन्टमा क्लीक गरेपछि आफ्नो सबै विवरण भर्नुपर्दछ । विवरण भरेपछि बुक भएको देखाउँछ । त्यहीँ बुक गरिएको स्क्रिन सट वा प्रिन्ट गरेर अस्पतालबाट विरामी पूर्जा लिन सकिने अस्पतालका निर्देशक प्रा।डा। डम्बर खड्काले नेपालकर्मलाइ जानकारी दिए

अनलाईनमार्फत नाम दर्ताको टिकट बिहान ८ बजेदेखि १२ बजेसम्म सेवाग्राहीले लिन सक्नेछन् । अनलाइनबाट नाम दर्दा गरेका सेवाग्राहीका लागि अस्पतालको नाम दर्ता काउन्टर अर्थात् कोठा नम्बर १ बाट लिन सकिनेछ व्यवस्था मिलाइएको खड्काले बताए ।