बीबीसी । ट्वीटरप्रति एलन मस्कको लगावलाई कतिले ‘एकतर्फी माया’ भनेर पनि जिस्क्याउने गरेका छन् । एलनलाई वास्तवमै ट्वीटर एकदमै मन पर्छ । यसमा उनका ८ करोड ३८ लाख फलोअर छन् । उनले प्रायः हाँस उठ्ने व्यंग्यात्मक टिप्पणीहरु पोस्ट गर्ने गरेका छन् भने कहिलेकाहिँ चैँ त्यसैका कारण विवादमा पनि पर्ने गर्दछन् ।
यसअघि उनको ट्वीटकै कारण टेस्लाको शेयर मूल्यमा १४ अर्ब डलरले गिरावट आएपछि एसइसीले उनलाई टेस्ला सम्बन्धी ट्वीट गर्न प्रतिबन्धित गरेको थियो । यति मात्र नभएर उनले एक केभ ड्राइभरलाई अश्लील व्यक्तिको संज्ञा दिएपछि उनीविरुद्ध मानहानिको मुद्दा समेत लागेको थियो । तर यी सब नराम्रा घटनाका वावजुद उनले ट्वीटर छाडेनन् । उनी नियमित ट्वीट गरिरहन्छन् र आफ्ना फ्यानहरुलाई रमाइला पोस्टमा रिप्लाइ दिन पनि पछि पर्दैनन् ।
यता ट्वीटरको कुरा गर्नुपर्दा एलनप्रति यो कम्पनी त्यति उत्साहित देखिएको छैन । हामीलाई लाग्न सक्छ १६ वर्ष पुरानो कम्पनी जसका प्रतिस्पर्धी कहाँबाट कहाँ पुगिसक्दा पनि कुनै उल्लेखनीय वृद्धि विस्तार हुन नसकेको व्यवसायका लागि कसैले ४४ अर्ब डलर दिन्छ भने किन स्वीकार नगर्ने रु ट्वीटरका शेयरहोल्डर यो तर्कसँग सहमत छैनन् ।
ब्नबलष् न्चयगउ
मस्कका अनुसार ट्वीटरसँग असीमित क्षमता छ । र आफूले यसबाट पैसा कमाउन भन्दा मानव हित र सभ्यताको भविष्यलाई प्राथमिकता दिने उद्देश्यले समावेश हुन चाहेको उनको दाबी छ ।
तर मस्कको यस्तो आकर्षक भनिएको प्रस्तावलाई ट्वीटरले सुरुमै ‘पोइजन पिल’ नामक रणनीति अपनाएर सीधै बाहिरिन संकेत दियो । यस अन्तर्गत कसैले पनि ट्वीटरको १५ प्रतिशत भन्दा बढी शेयर खरिद गर्न पाउनेछैन ।
न्यिदब िदबलप
अहिले यस सम्बन्धी छुट्टै सम्झौता भए पनि सुरुवातमा स्वतन्त्र बोली सम्बन्धी मस्कको घोषणाले ट्वीटरको बोर्डलाई उत्साहित गराउन सकेको थिएन ।
ट्वीटरका नीति नियमहरुले लामो समयदेखि वामपंथी धारणालाई मात्र पर्याप्त स्थान दिएको रिपब्लिकनहरुको आरोप रहँदै आएको छ । यता सरकारी नियामकहरुले पछिल्लो समय सबै प्रमुख सामाजिक संजाल प्लेटफर्ममाथि कडाइ अपनाउँदै आफ्ना सामग्रीप्रति थप जिम्मेवारी लिन निर्देशन दिइरहेका छन् । सामाजिक संजालका पोस्टहरुले हिंसा भड्काउनेदेखि कुनै निश्चित जाति या वर्गप्रति घृणात्मक सन्देशहरु फैलाउने र चुनावको नतिजालाई समेत प्रभाव पार्ने गरेको पाइएको छ ।
यति मात्र नभएर ट्वीटरको विज्ञापनमा आधारित मोडलमा पनि मस्कले परिवर्तन ल्याउन चाहन्छन् । उनले यसलाई ‘सब्सक्रिप्सन’ मा आधारित प्लेटफर्म अर्थात् पैसा तिरेर चलाउने संजालमा परिणत गर्ने इच्छा व्यक्त गरेका छन् । तर अन्य सबै प्रमुख सामाजिक नेटवर्क निःशुल्क भएको हुँदा यसो गर्न सजिलो नहुने देखिन्छ ।
त्यस्तै एलन मस्कको अर्को मनपर्ने कुरा ‘क्रिप्टोकरेन्सी’ जस्तै बिटकोइनका लागि पनि ट्वीटर प्लेटफर्म उपयोगी हुन सक्छ ।
विश्वकै सर्वाधिक धनी व्यक्ति मस्कले टेस्ला, पेपल लगायत थुप्रै ठूला व्यवसायिक सफलता हासिल गरिसकेका छन् । र सबैले मन पराउने उनको मुख्य व्यक्तिगत आकर्षण भनेको उनी कुनैपनि धारणा राख्दा त्यसबारे गम्भीर सोचविचार नगरि बोल्ने या लेख्ने गर्दछन् । तर उनको यही विशेषताले उनलाई ‘खतराको घण्टी’ का रुपमा पनि स्थापित गराएको छ । उनलाई नियमहरु तोड्न र कुनैपनि कुराको सीमा कतिसम्म पार गर्न सकिन्छ भन्ने जाँच गर्न एकदम मनपर्छ ।
यसकारण जिम्मेवारीले बाँधिन नचाहेकोले नै ट्वीटरको सबैभन्दा ठूला शेयरहोल्डर, ९।२ प्रतिशत शेयरको मालिक भएर पनि उनले कम्पनीको बोर्डमा सहभागी नहुने निर्णय गरेका हुन् ।
तर उनलाई माया गर्ने र उनका हरेक कदमको वाहवाही गर्ने उनका धेरै इमान्दार फ्यानहरु पनि छन् जसले उनी विरुद्ध उठाइने सबै आवाजको प्रतिकार गर्दै उनको बचाउमा अनेकौँ तर्क दिने गरेका छन् ।
यसरी व्यवसायको कुरामा आक्रामक शैली अपनाउने भएपनि ट्वीटरसँग चाहिँ उनले एकदम संयमता अपनाएको देखिन्छ ।
यसमा कुरा के आउँछ भने यदि ट्वीटर निजी कम्पनी बन्यो भने यसले एकदम कमै नियामक अवरोधहरुको सामना गर्नुपर्नेछ ।
त्यसैले मस्कको स्वामित्वमा आइसकेपछि ट्वीटरका ३० करोड प्रयोगकर्ताका लागि ट्वीटरको अनुभव हालको भन्दा धेरै फरक पर्न सक्छ । किनकि अब यसमा कम लिबरल अर्थात् बढी आक्रामक आवाजहरु पनि प्राथमिकतामा पर्नेछन् । उदाहरणका लागि सबै सामािजक संजालबाट प्रतिबन्धित अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ट्वीटरमा आउन सक्छन् ।
हालको अवस्था हेर्दा ट्वीटरमा मस्कको आगमनलाई स्वागत गरिरहेका प्रत्येक एकजना प्रयोगकर्तासँगै अर्को व्यक्ति बाहिरिने निर्णयमा पुगेको पाइएको छ । तर ट्वीटरको इतिहास हेर्दा अहिलेसम्म ट्वीटर प्रयोगकर्ताहरु कहिल्यै कुनै कुरामा पनि पूर्ण सहमत या एकजुट हुन सकेका छैनन् । त्यसैले मस्क सम्बन्धी विवादलाई पनि नौलो मानिएको छैन ।