प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण 

धरान – प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनलाई साेमबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि घिमिरे दुई दिन यता होम आइसोलेसनमा थिए ।

घिमिरे प्रदेश १ मा कोरोना सङ्क्रमण नियन्त्रणमा सक्रिय थिए ।

भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किए देखि मन्त्री अस्वस्थ भएका थिए ।

अस्पतालको निरीक्षणमा गरेर फर्किएपछि उनलाई झाडापखाला लागेकाे र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

शनिबार साँझदेखि उनी निवासमै रहेका छन् । अहिले उनको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।