सिरहाका कोरोना संक्रमितको धरानमा मृत्यु

जनकपुरधाम – सिरहाको मिर्चैया नगरपालिका–६ निवासी कोरोना संक्रमित एक पुरूषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ ।

एक साताअघि अस्पतालमा भर्ना भएका ६५ वर्षका पुरुषको सोमबार राति ९ बजेतिर मृत्यु भएको हो । आइसियूमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

भदौ ८ गते स्वाब संकलन गरी परीक्षण गर्दा १० गते उनकाे कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप र मधुमेहका विरामीसमेत भएकाे जनाईएकाे छ।