कर्णालीका तीन जिल्लामा खाद्यन्न अभाव

मुगु – कर्णालीका हिमाली तीन जिल्लामा अझैपनि खाद्यन्न पुग्न सकेको छैन । जसका कारण पछिल्लो समयमा भएको खाद्यन्न अभावको समस्या हट्न सकेको छैन । विकास र सडक सञ्जाल सँग नजोडिएका कर्णालीका जिल्ला डोल्पा, हुम्ला र मुगुका वासिन्दा यतिबेला खाद्यन्नको अभाव झेलिरहेका छन् ।


नेपाल खाद्य संस्थान व्यापार कम्पनी लिमिटेडमा रहेका खाद्यान्न गोदामहरुमा चामल नहँुदा यति बेला यि जिल्लामा खाद्यान्न अभावक भएको हो । खाद्य व्यापार कम्पनीमा रहेका खाद्यान्न गोदामहरु रित्तिनथाले पछि यहाँका स्थानीय सरकार, प्रदेश सरकारले र अन्य सम्बन्धित संघ संस्थाले समयमै खाद्यान्नको विषयमा चाँसो नराख्दा अहिले खाद्यान्नको अभाव झेल्नु परेको स्थानीयहरुको गुनासो छ । जसमा माथिल्लो डोल्पाका ३ गाउँपालिकामा हाल खाद्यान्न अभाव रहेको जनाईएको छ भने माथिल्ला डोल्पाका छार्काताङसोङ गाउँपालिका, शेफोक्सुन्डो गाउँपालिका र डोल्पो बुद्ध गाउँपालिकामा खाद्यान्न अभाव रहेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनार जानकारी दिनुभयो ।

अत्याधिक चिसो मौसम हुने भएकोले माथिल्लो डोल्पामा खाद्यान्न उत्पादन कम हुन्छ । खाद्य डिपोमा ५२ रुपैयाँ प्रतिकिलो पाइने चामल पनि बजारमा ८० रुपैयाँमा किन्नुपरेको स्थानीयको गुनासो छ । प्रजिअ सुनारका अनुसार हाल सदरमुकाम दुनै बजारमा रहेको खाद्य संस्थानमा ४ हजार क्वीन्टल मात्र खाद्यान्न स्टोक रहेको बताए ।

तिब्बतसँग सिमा जोडिएका यि तीन गाउँपालिकाका लागि चीनबाट नै खाद्यान्न निर्यात हुन्छ । हाल विश्वमा फैलिएको कोरोना महामारीका कारण विश्व नै आक्रान्त भईरहेको अवस्थामा र बन्दाबन्दिका बिच नियमित खाद्यान्न निर्यात हुने नाकाहरु बन्द हुँदा माथिल्लो डोल्पाका बस्तिहरुमा खाद्यान्न अभाव रहेको प्रजिअ सुनारको भनाई छ ।

यता बाट खाद्यान्न ढुवानी तथा सामानहरु किनबेच गर्न चर्को मुल्यतिरेर खाद्यान्न आपुर्ति गर्ने अवस्था रहेको हुदाँ चीनबाट सस्तो मुल्यमा खाद्यन्न ल्याउने गरिन्छ । प्रजिअ सुनारले भन्नुभयो, ‘लकडाउन भए पश्चात खाद्यान्न निर्यात हुने नाकाहरु बन्द हुँदा खाद्यान्न आपुर्ति गर्नमा सकस छ ।’
त्यस्तै हुम्लाको एक अदानचुली गाउँपालिकाको तल्लो र मध्यम भेगका बस्तिहरुमा समेत खाद्यान्न अभावको अवस्थामा पुगिसकेको छ । अन्दाजि ९ हजार जनसंख्या रहेको सो गाउँपालिकामा अहिले ४ हजार क्न्विन्टल मात्र चामल रहेको छ । सो खाद्यान्न पनि बाढि पहिरो जस्ता विपदमा परेकोलाई मात्र राहत दिनका लागि स्टक राखिएको अदानचुलि गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम सिमिकोटमा खाद्यान्न केही मात्रामा रहेको भएपनि त्यहि खाद्यान्न पनि उत्तै सकिने अवस्थामा रहेको छ ।’

हिमाली जिल्ला मुगुमा सदरमुकाम गमगढी बजारदेखि संस्थानसम्म खाद्यान्न अभाव भएको छ । खाद्य संस्थान व्यापार कम्पनी लिमिटेड मुगु जिल्लाको गत आर्थिक वर्षको स्वीकृत कोटा अनुसार गमगढी बजारको लागि १० हजार, पुलु १२ सय क्वीन्टल, सोरुकोट २२ सय क्वीन्टल, खत्याडको रातापानिका लागि १२ सय क्वीन्टल, पुन रातापानिको ८ सय क्वीन्टल, त्यस्तै कालै डिपो केन्द्रमा ४२ सय ९९ क्वीन्टल मध्ये १ सय ७१ क्वीन्टल मात्र ढुवानी भई विक्रि वितरण भईसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले जनाएको छ ।

जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अन्तर्गतका सबै डिपो हिजो आज खालि छन भने शाखा कार्यालय गमगढीमा रहेको गोदाममा ५ सय ५० क्वीन्टल मात्र स्टक रहेको छ । कार्यालय प्रमुख कर्णा बहादुर रावलले बताउनु भयो । खाद्यान्न अभाव भएका कारण नीजि पसलमा चालमलको मुल्य आकाशियको छ ।