काठमाडौं उपत्यकामा २९८ सहित ८९९ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं—काठमाडौं उपत्यका २९८ सहित थप ८९९ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं १९० जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।

भक्तपुर ४१ जना र ललितपुर ६७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोना जित्नेको संख्या २१ हजार ४ सय १० पुगेको छ । हाल नेपालमा आईसीयुमा १३२ जना उपचाररत छन् । भेन्टिलेटरमा १६ जनाको उपचार भैरहेको छ ।

गएको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । जसमध्ये महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ महिला र रुपन्देहीकी ६८ वर्षीया महिला मृत्यु भएको छ ।

यस्तै, पुरुषमध्ये झापा ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष, भक्तपुर ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा मृत्यु हुनेको कोरोना संक्रमितको संख्या २२८ पुगेको छ ।(हेल्थ आवाज )