पछिल्लो २४ घण्टाभित्र कर्णालीमा ४० जना कोरोना संक्रमित थपिए

सुर्खेतका मात्रै ३७ जना

सुर्खेत – पछिल्लो २४ घण्टामा कर्णालीमा ४० जना कोरोना संक्रमित थपिएका छन् । जसमा सुर्खेतका मात्रै ३७ जना रहेका छन् । । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार सुर्खेतका ३७, जुम्ला/ बाँके र बैतडीका एक, एक जना गरी ४० जनामा कोरोना पृष्टी भएको हो ।

सुर्खेतका ३७ संक्रमित मध्ये चौकुने गाउँपालिकाका १ र गुर्भाकोट नगरपालिकाका ६ जना रहेका छन् । भने अन्य सबै वीरेन्द्रनगर नगरपालिकाका हुन् । पछिल्लो २४ घण्टामा १५ जनाले कोरोना जितेपछि हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ८६ पुगेको छ ।

योसँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या २४ सय ४२ पुगेको छ । हालसम्म कर्णालीमा संक्रमण पुष्टी भएका मध्य ६ जनाको मृत्यु भईसकेको छ । हाल कर्णालीका विभिन्न आइसोलेसनमा रहेका सक्रिय कोरोना विरामीको संख्या ३ सय ५   रहेकाे सामािजक विकास मन्मात्रालयले जनाएकाे छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार कर्णालीमा हालसम्म ५८ हजार ८ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।