भेरीमा प्लाज्मा थेरापी द्वारा कोरोना संक्रमितको उपचार सुरु

बाँके – नेपालगन्ज उप-माहा नगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले सोमबार प्लाज्मा दान गरेका छन्।
अध्यक्ष रिजालले प्लाज्मा दान गरे संगै भेरी अस्पताल नेपालगन्जले कोभिड १९ का गम्भीर बिरामीहरुको लागि प्लाज्मा थेरापी द्वारा उपचार शुरु गरेको छ ।
अध्यक्ष रिजाल कोभिड १९ पोजेटिभ भएर कोरोना मुक्त भई १४ दिनको अबधि पार गरिसकेका छन् ।

 रिजालले कोरोनाबाट मुक्त भए लगतै प्लाज्मा दान गर्ने प्रतिबद्धता पहिलै ब्यक्त गरेका थिए ।
कुनै व्यक्तिलाई कोभिड १९ कोरोना संक्रमण पुष्टि भई १४ दिन आइसोलेसन बसेर निको भए पश्चात् अरु १४ दिनपछि आफ्नो रगत कोभिड १९ का गम्भीर बिरामीहरुको लागि दान गर्न सक्ने बिज्ञहरुले बताउदै आएका छन् ।
कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रिया नै प्लाज्मा थेरापी भनिन्छ । यसले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने चिकित्सकहरु बताउन्।