बदलिदो मौसमसँगै हाम्रो कपाललाई पनि स्याहार गर्नु अति नै आवश्यक हुन्छ । हामीले गर्ने थोरै हेल्चेक्र्याइले पनि कपाललाई अस्वस्थ बनाउन सक्छ । अझ, वर्षायाममामा त हामीले कपालको विशेष ध्यान दिनुपर्ने हुन्छ ।
यी हुन् वर्षायाममा कपालको स्याहार गर्ने घरेलु विधि
: १. २ चम्चा चियापति १ गीलास पानीमा मिसाएर पकाउने अनि छानेर राख्ने । अब त्यसमा एलेभेरा जेल मिसाएर हामी कन्डिसनरको साटो प्रयोग गर्न सक्छौं । यो विधि अपनाउनाले कपाल चमकिलो हुने गर्दछ।
२. यदि हाम्रो कपाल झरेर पातलो भएको छ भने वा बढ्न पनि गाह्रो भएको छ भने चियापति हालेर पकाएको पानीमा अमलाको धूलो मिसाएर कपालमा प्याकका रुपमा प्रयोग गर्नाले कपाल छिटो बढ्नुको साथै कपाल झर्ने समस्याबाट मुक्त भइ बाक्लो हुन्छ ।
३. हाम्रो कपाल सेतो हुन थालेको छ भने कागती र प्याजको रस मिसाएर हाम्रो जरामा लगाएर हल्का मसाज गर्ने र १५ देखि २० मिनेटसम्म राखेर स्याम्पु गर्नाले सेतो कपालबाट छुटकारा पाइन्छ ।
४. यदि हाम्रो कपालमा गर्मी महिनामा पसिना आउने र गन्हाउने समस्याको कारण कपालमा निकै रुखो ड्राई हुने गर्दछभने स्याम्पुमा चिनी मिसाएर लगाउने। यो विधि अपनाउनाले कपालको ग्रन्थी बढ्छ र कपाल हेल्दी र मोटो हुने गर्दछ । हामीले हाम्रो कपालमा दही पनि बेला-बेलामा लगाउने गर्नु पर्दछ । दहीले हाम्रो कपालमा धेरै किसिमको फाइदाहरु दिने गर्दछ ।
जस्तै, कपाल झर्न कम गर्ने, चाँयाको समस्याबाट छुटकारा मिल्नु, सुख्खापन हुन नदिनु, कपाल बढाउने र कपाल मुलायम चमकदार बनाँउदछ ।
५. दैनिक हामीले हाम्रो कपाललाई मसाज गर्ने। जस्तै : काइयोले कपाल कोरेर वा हातले हल्का चलाएर ।
६. हप्तामा एकचोटी नरिवलको तेललाई तताएर त्यसमा प्याजको रस मिसाएर लगाउन सकिन्छ ।
७. चामल पखालेको पानीले हेयर स्प्रे गर्न र जरामा लगाउने।
८. इलेक्ट्रोनिक सामानद्धारा गरिने हेयरस्टाइल र रसायनिक पर्दाथबाट गरिने हेयरस्टाइलहरु कम मात्रा प्रयोग गर्ने ।
९. स्वास्थ्य कपालको लागि बदाम तथा आलस खाने गर्नु पर्दछ । यी विधिहरु प्रयोग गर्नाले कपाल स्वस्थ हुनुको साथै बलियो तथा बढ्ने गर्दछ । नरिवलको तेलमा करिपत्तालाई राख्ने र ५ देखि ७ मिनेटसम्म पकाउने यो गर्नले करिपत्ताको पोषणतत्व तेलमा घुलिन्छ । अब यो तेललाई औलाको सहायताले कपालको जराजरामा लगाउने र हल्का हल्का मसाज गर्न ताकी तेल अब्जर्भ होस् । त्यसपछि एक घण्टासम्मा त्यतिकै राख्ने र स्याम्पु गर्न ।