जर्मनीको प्रयोगशालामा बनाइयो कृत्रिम मानव मस्तिष्क, आँखा पनि विकास

 जर्मनीका वैज्ञानिकहरुले प्रयोगशालामा एक कृत्रिम मानव मस्तिष्क तयार गरेका छन् । उक्त मिनी ब्रेनमा आँखा पनि रहेका छन् । तर, आँखा पूर्ण रुपमा विकसित भएका छैनन् । उक्त मस्तिष्क मानिसको स्टेम कोषिकाबाट विकसित गरिएको हो ।

यसलाई जर्मनीको इन्स्टिच्युट फर ह्युमन जेनेटिक्सका शोधकर्ताले तयार गरेका हुन् । वैज्ञानिकहरुकाअनुसार मिनी ब्रेनमा यस्ता आँखा विकसित भएका छन्, जुन ५ हप्ताको भ्रुणमा विकास भएका हुन्छन् । भविष्यमा यसबाट कयौ नयाँ कुराहरु पत्ता लाग्ने अपेक्षा गरिएको छ ।

जसले बिरामीको उपचारमा सहयोग पु¥याउनेछ । मिनी ब्रेन ३ मिमि चौडा रहेको छ । यसमा रहेका आँखामा कर्निया, लेन्स र रेटिना रहेको छन् । यसको सहयोगमा यसले प्रकाशलाई देख्न सक्नेछ । यी आँखा न्यूरोन र नर्व कोषिकाको मद्धतबाट ब्रेनसँग कम्युनिकेट गर्न सक्छन् ।

वैज्ञानिकहरुकाअनुसार ल्याबमा तयार पारिएको यो रेटिना भविष्यमा ती मानिसहरुका लागि काम लाग्नेछ, जो देख्न सक्दैनन् । जर्नल सेल स्टेममा प्रकाशित भएको अनुसन्धानअनुसार जब यी आँखामा प्रकाशको किरण पठाइयो त सिंग्नल दिमागसम्म पुगेको थियो । यसबाट के प्रमाणित हुन्छ भने आँखामा जे देखिन्छ त्यो कुरा दिमागसम्म पुगिरहेको छ । पहिलो पटक ल्याबमा विकसित गरिएको ब्रेनमा यस्तो पाइएको छ ।

शोधकर्ता गोपालकृष्णन भन्छन्, ‘मिनी ब्रेनको मद्धतबाट यो पत्ता लागेको छ कि भ्रुणको विकासका दौरान, जन्मजात रेटिनासँग जोडिएको डिसअर्डर र रेटिनामा खास प्रकारको औषधीको परीक्षण गर्दा आँखा र मस्तिष्कको बचिमा कस्तो तालमेल रहन्छ ।’