सुर्खेत – जंगलमा फिरेन्ते जीवनशैली बिताउँदै आएका राउटे समुदायका मानिसहरु आफ्नै कठोर धर्म संस्कृतिभित्र बाधिएका हुन्छन् । जंगलका राजा भनेर चिनिने राउटे समुदायका नियम र कानून पनि आफ्नै छन् ।
उनीहरुलाई नेपालको संविधानलेसमेत छुदैन । उनीहरुसँग पराम्परागतरुपमा मानिआएको कानुन पालन हुन्छ । तर, अहिले सुर्खेतमा उनै परम्परागत कानुन मान्ने राउटे समुदायबाट यसै समुदायकी युवतीलाई कसरी बचाउने भन्ने चिन्ता थपिएको छ ।
आइतबार बिहानै राउटे समुदायका दुई युवतीसँग यौन दुव्र्यवहार गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको घटनाले राउटे समुदायलाई वषौंदेखि राउटे समूदायलाई नजिकबाट चिन्नहरू चिन्तित् बनेका छन् । कारण घटनाको वास्तविकता राउटे समुदायका अन्य व्यक्तिले थाहा पाएको खण्डमा पीडित युवतिहरू बाच्ने सम्भावना हुँदैन ।
‘नराम्रा कार्य गर्दा राउटेहरूले कडा सजाय दिन्छन्,’ राउटे समुदायका जानकार दैलेखका हिरासिंह थापा भन्छन्, ‘यौन दुव्र्यवहारको घटना थाहा पाए भने स्वीकार गर्दैनन्, भाला (घरेलु हतियार) रोपेर मारिहाल्छन् ।’ लामो समयदेखि राउटे समुदायको संरक्षणमा सक्रिय थापाले सामाजिक सञ्जालमा भाइरल भएको भिडियो राउटे समुदायका व्यक्तिसम्म पुगे मृत्युदण्ड हुनसक्ने बताउँछन् । ‘राउटे समुदायमा हाम्रोभन्दा कडा कानुन छ, ठूलो गल्ती गर्नेलाई उनीहरू स्वीकार गर्दैनन्,’ उनी थप्छन्, ‘यही कारण पीडित युवतीहरू आफ्नै समुदायबाट झनै असुरक्षित भएका छन् ।’
कसैगरी घटना राउटे मुखिया वा अन्य सदस्यसम्म पुगे समुदायले अस्वीकार त गर्ने नै छन्, पीडितहरू बाँच्ने आधार कमै रहने थापाको तर्क छ । उनीहरुको नियम कानुन बुझेकै कारण यौन दुव्र्यवहारको घटनाको विषय राउटे समुदायलाई जानकारी दिइएको छैन । घटना थाहा पाउन सक्ने भएकै कारण पीडितसँग बयान लिइएको छैन । स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था पनि छैन ।
घटना बाहिरिएपछि बस्तीमा पुगेका जो–कोहीले पीडितको बारेमा सोधीखोजी गर्दा पीडितहरू झन् असुरक्षित बनेका छन् । सबैले युवतिहरूलाई किन सोध्ने भन्ने कुरा राउटेका मुखियाको चासोका रुपमा लिएका छन् । बरु यौन दुव्र्यवहारको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालबाट कसरी हटाउने उपाय खोजी रहेको उनले बताए । दुव्र्यवहारको घटना थाहा पाएकी भनेर बुझ्नकै लागि थापा आइतबार साँझ राउटे बस्तीमै पुगेका थिए ।
बस्तीमा पुगेर उनले मुखियाको मनोबल बुझे र अबेर राती बस्तीबाट वीरेन्द्रनगर फर्किए । ‘दोषिलाई कारबाही भन्दा पनि पीडितलाई कसरी बचाउने भन्ने चिन्ता लागेको छ,’ उनी दोहो¥याउँछन्, ‘यो घटना थाहा पाए राउटेहरुले नै स्वीकार गर्दैनन्, मारी हाल्छन् ।’ गलत काम गर्नेलाई भाला रोपेर मार्ने, अस्वीकार गर्ने र बस्ती छोडेर जाने चलन रहेको छ । ‘सिकार लेख्न गएको व्यक्ति साँझ नफर्के त मरेको मान्छन्, यौन दुव्र्यवहार त ठूलो घटना भयो,’ उनले भने, ‘भिडियो देखे झन् के होला ।’ पीडितहरू जोखिमा रहने अर्को कारण यसअघि पनि उनीहरू कारबाहीमा परिसकेका व्यक्ति हुन् । केही समय पहिले उनीहरू नजरबन्दको सजाय पाइसकेका व्यक्तिहरू हुन् ।
यस्तै दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले घटना बाहिरिएपछि पीडितहरू थप असुरक्षित बनेको बताए । ‘राउटेहरूले गल्ती गर्नेलाई कठोर सजलाय दिइन्छ, हामीले भनेको मान्दैनन्,’ वलीले भने, ‘घटना राउटे समुदायमा पुग्यो भने पीडितहरू भौतिक रुपमै नरहन सक्छन् ।’ फिरन्ते जीवन विताउने भए पनि राउटे समुदाय गुराँस गाउँपालिका–८, का स्थायी वासिन्दाको रुपमा परिचयपत्र लिएका छन् ।
यस्तै राष्ट्रिय मानवअधिकार आयोगले पनि यौन दुव्र्यवहारमा परेका दुई युवतीको भौतिक सुरक्षाको माग गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता टीकाराम पोखरेलले युवतीलाई समुदायले अस्वीकार गर्न सक्ने भन्दै भौतिक सुरक्षा गर्न माग गरेको छन् । पीडितलाई राउटे समुदायले अस्वीकार गर्ने, ज्यान नै जोखिममा पर्ने भन्दै आयोगले भौतिक सुरक्षाको माग गरेको हो । आयोगले पनि युवतीहरूलाई चार महिना नजरबन्द राखिएको उल्लेख गरेको छ ।
दुवै पीडित युवती भने अविवाहित हुन् । राउटे समुदायमा प्राय सानै उमेरमा विवाह गर्ने चलन छ । युवाको अभावका कारण उनीहरूको बिहे भएको छैन । दुव्र्यवहारमा परेकी युवतिहरू अन्य समुदायका नागरिकसँग धेरै घुलमिल हुनेमा पर्दछन् ।
यसअघि नै पीडितहरू युट्वु, टिकटक र सामाजिक सञ्जालमा भाइरल भइसकेका छन् । फिरन्ते राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।