सुर्खेत – कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने एकालेले अडान लिएको छ ।
सोमबार कर्णाली प्रदेशसभा आठौं अधिवेशनको पहिलो बैठक कार्यसूचीमै प्रवेश नगरी सदन अवरुद्ध गरेको एमालेले मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान लिएको हो ।
यो पनि स् सर्वोच्चद्वारा बोलाइएको मन्त्री थापा सुटुक्क दैलेख, अदालतबाट लिए नक्कल १
नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले नैतिक पतन भएको अभियोग पुष्टि भइसकेका मन्त्री थापा पदबाट नहटेसम्म सदन चल्न नसक्ने बताएपछि एमाले सांसदले सदन अवरुद्ध गरेका थिए ।
बैठकमा सदन शुरू हुनासाथ नेता कंडेलले बोल्दै नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले किन संरक्षण गरेर राखेको रु भन्दै प्रश्न गरेका थिए । बैठकको कार्यसूचीमा प्रवेश गर्न नपाउँदै एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि भन्दै सदन स्थगित गरेका हुन् ।