सुर्खेत – सुर्खेतमा गत बैशाख १४ गते राति देखि जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिने भएको छ।
जिल्ला कोभिड व्यवस्थापन समितिको आज भर्चुअल माध्यमबाट बसेको बैठकले यस्तो निणर्य गरेको हो । बैठकले निषेधाज्ञाको प्रभावकारीता, अस्पतालमा विरामीको उपचारको अवस्था, अक्सिजन आपूर्ति तथा परीक्षणको लगायत विषयमा सम्बन्धित सरोकारवालासँग समिक्षासमेत गरेको छ ।
जिल्लामा बढ्दै गई रहेको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्लास्थित क्रियाशील सम्पूर्ण राजनीतिक दल, पेशाकर्मी, व्यवसायी, बुद्धिजिबी, नागरिक समाज लगायत सबै जिम्मेवार पक्षले आ–आफ्नो तर्फबाट निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै जोखिम कम गर्न र स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्ने गराउने कार्यमा सहयोग र समन्वय गर्न प्रसासनले आह्वान गरेको छ ।