बिहान ४ गिलास पानी नियमित खानु निकै फाइदाजनक

कतिखेर पानी पिउँदा धेरै फाइदा हुन्छ रु धेरैको मनमा यो प्रश्न हुन सक्छ । चिकित्सकहरु बिहानको खालि पेटलाई पानी पिउने उत्कृष्ट समय मान्छन्। यसले पेटमात्र सफा गर्दैन कि अन्य थुप्रै रोगको सम्भावनालाई पनि घटाउँछ।

पहिलो, यसले पेट सफा बनाउँछ र पोषण तत्व सोस्न पेटलाई ठिक स्थितिमा ल्याउँछ। पाचन प्रक्रिया सहज हुने बित्तिकै थुप्रै स्वास्थ समस्या कम हुन्छन् र साथै यो चमकदार छालाको रहस्य पनि हो।

 पानीले रगतमा भएका विषाक्त पदार्थ सफा गर्छ। पानी पिउनाले नयाँ रक्त कोषिया र तन्तु बन्न मद्धत पुग्छ, जसले तौल सन्तुलित राख्न सहयोग पुर्याउँछ।

बिहान पानी पिउने बित्तिकै केही समयसम्म अन्य खानेकुरा नखानुहोस्।  यसले मेटाबोलिजममा ठुलो सकारात्मक प्रभाव पार्दछ।

बिहान ४ गिलास करिब १ लिटर पानी नियमित खानु निकै फाइदाजनक हुन्छ। सुरुमा यो धेरै सुनिएपनि, थौरेबाट सुरु गरि बिस्तारै पानीको मात्रा बढाउन सकिन्छ