युनेस्को बाँकेद्वारा  बर्दियाका ३ स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

बर्दिया – बाँके युनेस्को क्लबले बर्दियाका तिन स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सोमबार स्टार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र इस्लामिक रिलिफ नेपालद्वारा बाँके युनेस्को क्लबलाई प्रदान गरिएका हाथ धुने ट्यांकीसहितको सेट, हाइजिन किट, पीपीई, डिग्नीटि किट र बकेट मग र सरसफाइका सामाग्री बर्दियाको वाँस गदी , वार वर्दिया र ठाकुर वावा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।


बर्दियामा बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी र कार्यकारी निर्देशका रवि तुलाधरले वार वार्दिया नगरपालीकामा क्लबका अध्यक्ष राजेन्द्र चौधरीले नगर प्रमुख दुर्गा वहादुर थारू (कविर ) लाई सामग्री हस्तान्तरण गरेकाे बताए। कोभिड १९ विरुद्धको अभियानलाई शसक्त बनाउन बाँके र बर्दियाका स्थानीय तहमा रहेका क्वारेन्टाइनका लागि ती सामाग्रीहरु उपलब्ध गराइएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीकाे भनाइ छ ।