सुर्खेतमा करिब ४० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

सुर्खेत– सरकारले देशभरका पाँच वर्षसम्मका बालबालिकालाई दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै छ । सुर्खेतमा पनि जिल्लास्थित नौ वटै स्थानिय तहका करिब ४० हजार बालबालिकालाई सोमबार र शुक्रबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको हो ।

जनस्वास्थ्य सेवा कार्याल सुर्खेतका कार्यक्रम संयोजक सि अहेभ अमर रानाका अनुसार ६ महिना देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले सबै अभिभावकहरुलाई अनुरोध गरेको समेत जनाएको छ । यस्तै, आज खान छुटेकालाई भोलि खुवाइने सि अहेभ रानको भनाइ छ। आज र भोलि पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन छुटेका बालबालिकालाई घरमै गएर समेत खुवाइने उनले जनाएका छन् । गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका कारण गत चैत २१ गते स्थगित गरिएको थियो । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर यस वर्ष कोरोना महामारीका कारण दोस्रो चरणको कार्यक्रम असार २२ र २३ गते तय गरिएको हो। बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको सि अहेव रानाले उल्लेख गरे।