सल्यानका थप एक जनाका कोरोना पुष्टी – संक्रमितको संख्या २ सय १६ पुग्यो

सल्यान -सल्यानका थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राष्ट्रिय प्रयोगशाला काठमाण्डौँमा गरिएको परिक्षणमा जिल्लाको दार्मा गाउपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो । दार्मा गाउपालिकाका ३४ बर्षिय पुरुषमा संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिए ।
यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय १६ पुगेको छ भने अहिले सम्म १ सय ५८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।