कालिकोट – कालिकोटमा बाबुले बिष सेवन गरेर आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका ७ दुदुल्लिमा बाबुले बिष सेवन गरेको अवस्थामा आफै घरमा आगो लगाउदाँ आगोमा परी दुई छोराको जलेर मुत्यु भएको हो ।
पारिवारिक कलहकै कारण बाबुले घरमा आगो लगाई आफुले विष सेवन गरेको परिवारको भनाइ छ । पारिवारीक स्रोतका अनुसार बिष सेवन गरेर घरमा आगो लगाउने भैरे बटाला घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृत्यु हुनेमा भैरे बटालाका छोरा १२ का गणेश बटाला र वर्ष ७ का मनबहादुर बटाला रहेका छन् । भने अर्को ४ वर्षीय अर्को छोरा खगेन्द्र बटाला घाइते भएका छन् । घटनास्थलमा कुमालगाउँ प्रहरी चौकीबाट प्रहरी पुगेको छ ।