कर्णालीका प्रदेशका सामाजिक विकास मन्त्री रावललाई कोराना संक्रमण

सुर्खेत – कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई कोराना संक्रमण पृष्टि भएको छ । पुस २६ गते प्रदेश अस्पतालमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।

कोराना संक्रमण देखिएका मन्त्री रावललाई उपचारका लागि काठमाडौं लगिएको सामािजक विकास मन्त्रालयको सचिवालयले जनाएको छ । चिकित्सकको सल्लाह अनुसार मन्त्री रावललाई उपचारका लागि आजै काठमाडौं पठाईएको हो ।