कोरोना संक्रमितको हेलिकप्टरबाट उद्दार

हुम्ला – काेराना संक्रमण देखिएका एक जना पुरूषकाे हेलिकप्टरबाट उद्दार गरिएकाे छ । काेराेना संक्रमण देखिएका २५ वर्षीय पुरूषकाे हेलिकप्टरबाट उद्दार गरिएकाे हाे ।

सिटिजन बैंकमा कार्यरत रहेका उनकाे स्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल हुम्लाबाट हेलिकप्टरले काठमाडौं लगिएकाे स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख सरिता बाेहराले जानकारी दिए ।

श्वासप्रशवासमा समस्या भएपछि काठमाडौं लगिएकाे स्वास्थ्य सेवा कार्यलय हुम्लाले जनाएकाे छ ।

सिटिजन बैंकमा कार्यरत कर्मचारीलाई काेराेना संक्रमण देखिएपछि सिटिजन बैंक हुम्ला शाखा दुई दिनकाे लागि सिल गरिएकाे छ ।

सिमकोट शाखामा कार्यरत दुई कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएपछि दुई दिनका लागि बैंक सिल गरिएको सिटिजन बैंक हुम्ला शाखाले जनाएको छ ।