नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको दैलेखमा निधन


दैलेख- नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको आइतबार राति दैलेखमा निधन भएको छ ।

शाहीको  निधन भएको अखिल नेपाल फुटबल संघ एन्फा का अध्यक्ष कर्माछिरिङ शेर्पाले परिवारलाई उद्धृत गर्दै जानकारी दिनुभयाे ।

शाहीको दाहसंस्कार पनि  दैलेखमा नै आइतबार गरिनेभएकाे छ।

उहाँ एक साताअघि आफ्नो जन्मथलो दैलेख जानुभएकाे थियाे। विभिन्न स्वास्थ्य समस्याले ग्रसित शाही पछिल्लो समय सार्वजनिक कार्यक्रममा देखिनु भएकाे थियन।

सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेलेका शाही नेपालका उत्कृष्ट गोलकिपर मध्येमा पर्नुहुन्छ।

नेपालले सन् १९८४ मा साग फुटबलमा स्वर्ण जित्दा उनी टिमका सदस्य रहनुभएकाे थियाे

नेपाल आइस हकी संघका संस्थापक अध्यक्ष शाही पछिल्लो समय खेलकुद गतिविधिमा निक्रिय हुनुहुन्थ्याे।