कृषि उत्पादन वृद्धि गर्न एक स्थानीय तह एक उत्पादन विशेष कार्यक्रम सञ्चालन गरिने

सुर्खेत – कर्णाली प्रदेश सरकारले कृषि उत्पादनलाई बृद्धि गर्न एक स्थानीय तह एक उत्पादन विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै संघिय र स्थानीय तहको सहकार्यमा सञ्चालन गरिने बताए । त्यसका लागि २७ करोड ६५ लाख विनियोजन गरेको उनको भनाई छ ।