कर्णालीमा कोरोनाबाट कसैको मृत्यू भए एक लाख राहत दिइने

सुर्खेत- कर्णालीमा कोरोनाबाट कसैको मृत्यू भए एक लाख राहत दिइने भएको छ । सोमोबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट पेश गरेका छन् । बजेटमा कोरोनाबाट कसैको कर्णालीमा मृत्यू भएमा एक लाख राहत उपलब्ध हुने व्यवस्था मिलाइएको छ । कोरोना विरुद्धको लडाईमा जनचेतना जगाउन कालागि स्वास्थ्य स्वंयसेविकालाई खटाइने उनको भनाई छ । उनीहरुलाई प्रदेश सरकारले दिइरहेको प्रोत्साहन भत्ता नियमित गरेको मन्त्री ज्वालाले जनाएका छन् ।यसकालागि चार करोड विनियोजन गरिएको मन्त्री ज्वालाको भनाई छ । कोभिड १९ लाइ परास्त गर्न खटिएका सबैलाई उचित प्रोत्साहन दिइने, स्वास्थ्यकर्मीलाई सुरुको तलबको एक सय प्रतिशत तथा सफाईकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई पचास प्रतिशत भत्ता दिन बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताए । उसका साथै एक अर्ब पचास करोड ५८ लाखको कोभिड कोष परिचालन गरिने मन्त्री ज्वालाको भनाइृ छ ।