भारतमा अस्पतालभित्रै आगो लाग्दा जलेर १० शिशुको मृत्यु


एजेन्सी – भारतको महाराष्ट्र स्थित एक अस्पतालमा आगो लाग्दा जलेर १० नवजात शिशुको ज्यान गएको छ।

महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा शनिबार राति दुई बजे न्यू बोर्न केयर यूनिटमा आगो लागेको थियो।

आगो लाग्दै गर्दा सात नवजात शिशुलाई सुरक्षित उद्दार गरिएको बीबीसी हिन्दीमा उल्लेख छ।