हरिको ‘अन्तर्राष्ट्रिय मान्छे’ मा नाचे चक्र हरिष र उषा

काठमाडौं – गायक हरि गिरी बिमर्षीको ‘अन्तराष्ट्रिय मान्छे’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा हरिलाई ललित गिरी, बबिना किराँतीले स्वरमा साथ दिएका छन्।

यूस मिडिया नेटवर्कको युट्युब च्यानलबाट शुक्रबार गीत सार्वजनिक गरिएको हो। विमर्षीको यसअघि ‘ओई भन्यो मायाले’ बोलको गीत लोकप्रिय भएको थियो। अहिले गिरीले ‘अन्तराष्ट्रिय मान्छे’ बोलको गीत ल्याएका हुन्।

यो गीतले पनि राम्रो सफलता पाउनेमा उनि आशावादी छन्। ‘निक्कै मिहिनेत गरेर यो गीत ल्याएको छु, दर्शकहरुले मन पराउने छन् भन्नेमा आशावादी छु, उनले भने।’

ललित गिरीको शब्द रचना रहेको गीतमा हरि र ललितको संगीत छ। गीतको भिडियोमा लोकप्रिय गायक तथा मोडल चक्र बम, हरिष निरौला, चर्चित टिकटक स्टार उषा उप्रेतीले डान्स गरेका छन्।

भिडियोको विधान कार्कीले निर्देशन गरेका छन् भने उत्सव दाहालले छायांकन गरेका छन्।