ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि १४ औं वर्षमा प्रवेश 

 

काठमाण्डौ -ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा पूँजी, व्यवसाय, शाखारसञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बनेको बैंकको दाबी छ ।

बैंकले अहिले चुक्ता पूँजी करिब १९ अर्ब रुपैयाँ ९प्रस्तावित १४५ बोनस पश्चात करिब २१ अर्ब भन्दा बढी० र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ रहेको जनाएको छ । कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुग्ने बैंकले जनाएको छ

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज भएको बताउनुएकाे छ । बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंग मर्जररएक्विजिशनपछि बैंकको पूँजीमा अभिवृद्धि भएर प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव(संशाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकालले महामारीको समयमा व्यवसाय र व्यवसायीलाई विभिन्न किसिमका सहुलियत र छुट दिँदै बैंक व्यवसायीहरुको संकटको सारथी बनेको बताउनुभयो ।

यस्तै शुभकामना सन्देशमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विभिन्न मर्जर तथा एक्विजिशनपछि अहिले ग्लोबल आइएमई बैंक देशकै एक उत्कृष्ट, सबल र मजबुद बैंक बनेको बताउनुभयो।

मर्जरपछि धेरैजसो सूचकहरुमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रुपमा रहेको छ । यसलाई थप उचाइमा पुर्याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैैंकको भन्ने मूल नारालाई साकार पार्ने गरी बैंकले काम गरिरहेको छ उहाँले भन्नुभयो ।

मर्जर र मर्जरपछिको व्यवस्थापनमा बैंक व्यवस्थापन केन्द्रीत रहेको बताउँदै उहाँले अबका दिनमा बैंकलाई देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रुपमा स्थापित गर्ने बताउनुभयो ।(उज्यालो)