प्रदेश १ का मुख्यमन्त्री  राईले गरे आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थप एक जना सांसदलाई  निलम्बन 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थप एक जना सांसदलाई संसदीय दल सदस्यबाट निलम्बन गरेका छन् ।

नेकपा संसदीय दलको विधानविपरित अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भन्दै प्रचण्ड नेपाल पक्षका उपेन्द्र घिमिरेलाई संसदीय दलको गतिविधिबाट बञ्चित गरिएको जनाइएको छ ।

मुख्यमन्त्री राई निकट नेकपाका प्रमुख सचेतक बुद्धिकुमार  राजभण्डारीले घिमिरेलाई निलम्बन गरिएको बोधार्थ प्रदेशसभामा शुक्रबार दर्ता गराएका छन् ।
राईले बिहीबार प्रचण्ड नेपाल समूहका १५ सांसदलाई निलम्बन गरेका थिए ।( कान्तिपुर)