कोरियन ब्यूटी धेरै प्रभावशाली स्किन केयर इ्री्ग्रिडिएन्ट्सको लागि प्रख्यात छ। घरेलु उपायको लागि पनि यो निकै उपयोगी मानिन्छ। चमकदार अनुहार पाउन चाहानुहुन्छ भने तपाई यी घरेलु कोरियन टिप्स अपनाउन सक्नुहुनेछ।
१. चामलको माड
एशियाली देशहरूमा चामल खाने मात्र गरिदैन। चीन र कोरिया जस्तो देशहरुमा चामलको माड स्किन केयरको लागि एकदम महत्वपूर्ण मानिन्छ। जसलाई हामी घरमै तयार गर्न सक्छौ। चामलको माडलाई चिसो बनाएर एक स्प्रे बोतलमा २\३ दिनको लागि राख्नुहोस्। अब यसलाई फेस मिस्ट जसरी बिहान र बेलुका लगाउनुहोस।
२. लेमन एण्ड
स्ट्रोबेरी फेस मास्क ५\६ स्ट्रोबेरीको गुंदीलाई लिएर यसमा लेमन एसेनशियल फेस ओंइलको २\३ थोपा मिक्स गर्नुहोस। अब यसमा दुई चम्चा दहि मिलाउनुहोस। त्यसलाई अनुहार र घाँटीमा लगाएर ३० मिनेटसम्म छोड्नुहोस। त्यसपछि मनतातो पानीले अनुहार धुनुहोस। यति गरेमा स्किन निकै फ्रेस देखिन्छ।
३. ग्रीन टी फेशियल
एक-चौथाई कप पानीलाई तातो बनाई ग्रीन टी बनाउनुहोस्। अब यसलाई चिसो बनाउनको लागि छाड्नुहोस्। जतिपटक अनुहार धुनुहुन्छ अन्तिम चरणमा ग्रीन टी बाटै सफा गर्नुहोस। यो स्किनभित्र पुगेर सफा बनाउँछ र स्किनमा देखिने दाग-धब्बालाई हटाउँछ ।
४. राइस फ्लोर र एलोभेरा मास्क
३ ठुलो चम्चा पिसेको चामलको पिठोमा
२ चम्चा जति घ्युकुमारी मिक्स गर्नुहोस।
त्यसपछि अनुहारमा राम्ररी लगाउनुहोस।
कम्तिमा पनि १ घण्टाको लागि त्यतिकै राख्नुहोस।
यसले तपाईको स्किन निकै नरम र चमकदार बनाउँछ। –एजेन्सीको सहयोगमा