वुहानमा कोरोना सम्बन्धि रिपाेर्टिङ गर्ने एक पत्रकारलाई ४ वर्षको जेल सजाय

 चीनले कोरोना भाइरसको केन्द्र रहेको वुहानमा कोभिड-१९लाई लिएर रिपाेर्टिङ गर्ने पत्रकार झांग झानलाई ४ वर्षको जेल सजाय सुनाएको छ। बीबीसीका अनुसार कोरोना भाइरसबारे रिपाेर्टिङ गर्दा झगडा गरेको र समस्यालाई झनै उकासेको आरोपमा चिनियाँ अदालतले उनलाई दोषी मान्दै सोमबार ४ वर्षको जेल सजाय सुनाएको हो।

 

उनको विकिलका अनुसार लाइभ स्ट्रिम रिपोर्टिङ्ग गरेकोले ४ वर्ष जेल सजाय मिलेको हो।शंघाईको अदालतले आफ्नो आदेशमा भन्यो कि झांग झानलाई सो सजाय महामारीको शुरुवाती चरणमा उनीद्वारा विवादमा ल्याउन र उकासेको कारण सुनाइएको हो।

 

झांगको वकील रेन क्वानियुले भने,’सजायको सुनुवाई हुँदा झांग निकै निराश देखिइन।’ फ्रेवअरी महिनामा महामारीको सुरुवातको समय ३७ वर्षीया झांगको लाइभ रिपोर्ट्स र कोरोनालाई लिएर लेखिएको लेख सामाजिक संजालमा भाइरल भएको थियो।

 

यसकारण उनी अधिकारीहरुको निशानामा परेकी थिइन। चिनियाँ अधिकारीहरुले चिनियाँ सरकारको आलोचना गरेको आरोपमा हालसम्म आठ जनालाई सजाय दिइसकेको छ। -एजेन्सी