दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौं – दक्षिण अफ्रिाकामा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ। अफ्रिका महादेशमा १० लाख संक्रमित पुग्ने दक्षिण अफ्रिाका पहिलो देश बनेको छ।
त्यहाँ तीव्र गतिमा फैलिने नयाँ प्रकारको कोरोना भाइरस भेटिएको केही दिनमै संक्रमितको संख्या १० लाख ४ हजार नाघेको हो। केही अस्पताल तथा उपचार केन्द्रहरुले कोरोना संक्रमितको संख्या दैनिक रुपमा तीव्र रुपमा बढिरहेको बताएका छन्।

राष्ट्रपति क्रिल रामाफोसाले कोरोना संक्रमण न्यूनिकरणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेका छन्। पछिल्लो तथ्यांकअनुसार दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या १० लाख ४ हजार ४१३ पुगेको छ।

हालसम्म २६ हजार ७ सय ३५ जनाको मृत्यु भइसकेको छ। गत हप्ता दक्षिण अफ्रिकाको दैनिक रेकर्डमा हालसम्मकै उच्च संख्या ११ हजार ७ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। पछिल्लो हप्ता भने दैनिक रुपमा १४ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ। दक्षिण अफ्रिकामा ५०१.भीटू नाम दिइएको नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि संक्रमण दर बढेको अधिकारीहरुले जनाएका छन्।