नेपाल चिकित्सक संघ जुम्ला शाखाको अध्यक्षमा डा. गिरी

 काठमाडौं—नेपाल चिकित्सक संघ जुम्ला शाखाको कार्यकारिणी समितिकाे अध्यक्षमा डा. प्रवीणकुमार गिरी सर्वसम्मत रुपमा चयन भएका छन् । सोमबार शाखाको २०७७—०८० कार्यकालका लागि भएको निर्वाचनमा डा. गिरी सर्वसम्मत अध्ययन चयन भएका हुन् । संघका अन्य पदहरुमा पनि सर्वसम्मत भएको छ ।

 

बरिष्ठ उपाध्यक्षमा डा. पुजनकुमार रोकाया, उपाध्यक्षमा डा. कमलप्रसाद थानी, सचिवमा डा. तुफान सिंह कठायत, सह—सचिवमा डा. निराजन महासेठ, कोषाध्यक्षमा डा. सुबी बस्न्यात र सह—कोषाध्यक्षमा डा. रविन खापुङ सर्वसम्मत भएका छन् ।

 

कार्यसमितिका अन्य सदस्यहरुमा डा. हेमन्त चौधरी, डा. राजेन्द्रमणि गिरी, डा. राधा शरण सुडी, डा. रोजनिम श्रेष्ठ, डा. माणिक न्यौपाने र डा. सिद्धार्थ धोज खाती सर्वसम्मत भएको निर्वाचन अधिकृत डा. तुलाकृष्ण गुप्ताले जानकारी दिए । नेपाल चिकित्सक संघ जुम्ला शाखा ४ वर्ष अघि डा मंगल रावलको अध्यक्षतामा गठन भएको थियो।

शाखा गठन भएको ४ वर्ष पछि दोश्रो कार्य समिति बनेको हो। आफु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालको निर्देशक पनि भएको र एक कार्यकाल नेतृत्व गरिसकेको हुँदा नयाँ टिमलाई नेतृत्व हस्तान्तरण गरेको उनले बताए।